बुद्धनगर बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरमा रहेको श्री बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष रितलाल घिमिरेको अध्यक्षता, सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलको प्रमुख आतिथ्यता, सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार भट्टराईको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलले सहकारी संस्थाहरूले स्थानीय अर्थतन्त्र सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै बुद्धनगर सहकारीलाई अझ जिम्मेवार र पारदर्शी ढंगले अघि बढ्न शुभकामना दिनुभयो ।


११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन

संस्थाका विभिन्न पदाधिकारी,सेयर सदस्य, कर्मचारी लगायतको उपस्थितिमा सम्पन्न चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले  डिल्लीराम पोख्रेलको  अध्यक्षतामा ११  सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ ।

जसको उपाध्यक्षमा भुपेन्द्र सुवेदी, सचिवमा रिता खत्री, कोषाध्यक्षमा पुष्पराज अधिकारी, त्यसैगरि सदस्यहरुमा उमाकान्त पाण्डे, कृष्ण अर्याल, कृष्ण भण्डारी, सावित्रा वि.क, सरस्वती भट्टराई, गोपाल घिमिरे, नाथु थारू चयन हुनुभएको छ ।

संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले लेखा सुपरिवेक्षण समिति संयोजकमा मनिराम भट्टराई, सदस्यहरुमा चुरामणि घिमिरे र इंदिरा गौतमलाई चयन गरेको छ ।  त्यस्तै ऋण समिति संयोजक नरिनारायण घिमिरे  र सदस्यमा तारा खड्का चयन हुनुभएको छ ।

कार्यक्रममा स्मार्ट कृषि सहकारी संस्थाकि अध्यक्ष विमला पाण्डे, बुद्धनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

सैनामैना नगरपालिका वडा न० ५ स्थित बुद्धनगर युवा क्लबको भवनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव भुपेन्द्र सुवेदीको सञ्चालन र संस्थाकि उपाध्यक्ष रिता खत्रिको स्वागत मन्तव्य रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।