एमाले सांसद भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेकपा (एमाले) की सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दङ्गालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । भण्डारी उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका सबै दलहरूकाे सहमतिमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।