काठमाण्डाै – प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन नियमावली मस्यौदा समिति गठन भएको छ । सभाको आजकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीकाे सभापतित्वमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको हो ।
नियमावली मस्यौदा समिति गठनका लागि रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले समितिको सभापतिमा गणेश पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गर्नुभएकोमा त्याे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुश्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, रेखाकुमारी यादव, यज्ञमणि न्यौपाने, सुलभ खरेल रहनुभएको छ ।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ ।