दुधराक्ष दुर्गा मन्दिरमा सतसंग एवं लोक भजन कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल  सैनामैना नगर कार्य समितिको  आयोजनामा शनिवार सैनामैनाको दुधराक्ष स्थित दुर्गा मन्दिरमा शनिबार   सतसंग एवं  लोक भजन कार्यक्रम  सम्पन्न भएको छ ।


"लोक संगितलाई बचाअौं, लोक भजन चुड्कामा भक्तहरुलाई नचाअौं " भन्ने मूल नारालाई आत्मसात् गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।

यस्तै कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान रुपन्देहीले मंसिर १५ गते  आयोजना गरेको  विद्यालय स्तरीय लोक भजन प्रतियोगितामा  प्रथम देखि सान्त्वना स्थान हासिल गर्ने  विद्यालयहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल  सैनामैना नगर कार्य समिति अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षता
कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव नारायण प्रसादको प्रमुख आतिथ्यता एवं सैनामैना नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपाल पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको  थियो ।


राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल  सैनामैना नगर सचिव सुमित्रा भट्टराईको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको संयोजन 
विष्णु घिमिरेले गर्नुभएको हो ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले गत फागुन देखि प्रत्येक शनिवार फरक फरक मन्दिरमा गएर भजन कार्यक्रम  गर्दै आएको छ । जस अनुरुप शनिबार दुधराक्ष चोक स्थित दुर्गा मन्दिरमा उक्त कार्यक्रम गरिएको रैनादेवी भक्ति भजन समूह अध्यक्ष गणेश प्रसाद ढकालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक एवं  विद्यार्थीहरु   र स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।