सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै — सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ २ सय रुपैयाँ मात्रै घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएकोे थियोे ।

आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।