लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आज सूचना निकालेर सङ्घीय मामिला मन्त्रालयले अबको तीन दिनभित्र हाजिर नभए कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो ।

नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए/नभएको यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन भनिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।