लुम्बिनी प्रदेशको बेरुजु १ अर्ब साढे १२ करोडभन्दा बढी - Radio times 94.8

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी प्रदेशमा १ अर्ब १२ करोड ६३ लाख रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यति धेरै रकम बेरुजु रहेको देखिएको हो।

महालेखापरीक्षक लुम्बिनी प्रदेश कार्यालयका नायव महालेखापरीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनसमक्ष पेश गरेको प्रतिवेदनमा यस वर्ष प्रदेश मन्त्रालय, समिति तथा अन्य संस्थासमेत गरी १ अर्ब १२ करोड ६३ लाख ४६ हजार रुपैयाँ बेरुजु कायम भएको उल्लेख छ।

यहाँका १०९ स्थानीय तहका ४ अर्ब ४८ करोड ९३ लाख १९ हजार रुपैयाँ बेरुजु फर्छ्यौट हुन बाँकी रहेको देखिएको छ। 

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले आर्थिक अनुशासन र पारदर्शिता सबैले पालना गर्नुपर्ने बताए। उनले नियम कानुनको उल्लङ्घन गर्ने जोसुकै पनि सजायको भागीदार बन्नुपर्ने बताए।

यसैबीच लुम्बिनी प्रदेश मुस्लिम आयोगले पनि आजै प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।