पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धन गर्न सात दिन म्याद थप भएको छ ।

आज जिल्ला अदालत काठमाण्डाैले खड्कालाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नवयुवा आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा नगद भेटिएपछि अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यही चैत १५ गते पक्राउ गरेको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।