भोजपुरमा एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असार २२,काठमाण्डौ – भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली खटिएको र ६८ वर्षीय वेलबहादुर गिरी (ससुरा), ४८ वर्षीया मञ्जु गिरी (सासु), राजेन्द्रकी श्रीमती र उनका भाइको शव फेला परेको प्रहरीको भनाइ छ ।

भागी विवाह गरेका ज्वाईँ पछिल्लो चार दिनदेखि ससुरालीमै बस्दै आएका थिए । घटनामा संलग्न राजेन्द्र पनि घाइते भएका छन् । उनलाई उपचारका लागि भोजपुर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।