रामापुर माध्यमिक विद्यालयमा रक्तदान : ५० युनिट सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माघ २१ सोमबार 
सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलाैनीमा रहेको रामापुर माध्यमिक विद्यालयले  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ६१ अाैँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमबाट ५० युनिट रगत सङ्कलन भएको छ । 
"तपाइले गरेको रक्तदान, कसैका लागि जीवनदान हुनेछ " भन्ने नारा लिएर रक्तदान कार्यक्रम गरिएको विद्यालयका शिक्षक तथा  सूचना अधिकारी नन्दराम पोखरेलले जानकारी दिनुभएको छ ।

कार्यक्रम रामापुर माध्यमिक विद्यालयको आयोजना तथा सैनामैना युवा रेडक्रस सर्कल, रामापुर स्काउट ट्रुप  र रामापुर बाल क्लबको सह आयोजनामा कार्यक्रम गरिएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।