काठमाण्डौ — राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आजको मतदानमा सहभागी हुनुभएन । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मतदान नगर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएको थियो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नहुनु भएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिनुभयो । उहाँले यसअघिका निर्वाचनमा बाराको बसबरीयाको मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएको थियो ।
प्रधानमन्त्री सुशीला कार्की सहित मुख्य दलका शीर्ष नेताहरुले भने मतदान गरिसक्नुभएको छ ।