झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा – झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको ज्यान गएको छ । दमक नगरपालिका वडा नम्बर ४ की पाँच वर्षीया मानस्वी आचार्यको ज्यान गएको हो । आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ मा रहेको मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन्।

उनको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ३ का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।