खोलामा लडी ज्यान गुमाएका युवाको २ दिनसम्म भएन सनाखत - Radio times 94.8

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तिनाउ गाउँपालिका-३ सिद्धबाबा मन्दिर नजिकै लडेर एकजनाको मृत्यु भएको छ।  बुटवलबाट पैदल पाल्पातर्फ आउँदै गरेका उनी सिद्धार्थ राजमार्गबाट करिब ५० मिटर तल तिनाउ खोलामा लडेर खसेका थिए।

शनिबार बेलुकी साढे ६ बजे उनी लडेर घाइते भएका थिए। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

अन्दाजी २० वर्षीय ती पुरुषको हालसम्म नामथर वतन नखुलेको उनले बताए। कालो पाइन्ट लगाएको, ५ फिट ५ इन्च उचाइ भएका ती पुरुषको शव लुम्बिनी प्रादेशिक अस्पतालमै रहेको उनले बताए।​ 

मृतकलाई चिन्ने व्यक्तिलाई १००, ९८५७०६०३०० र ९८५७०६८६९० मा खबर गर्न भनिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।