पर्सा क्षेत्र नम्बर–२ बाट नेकपाका उम्मेदवार चौधरी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहारबाट चौधरीसहित चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको उहाँको भनाइ छ । यस्तै पर्सामा बम र सुँगुरको टाउकोसहित ३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट नौ थान सुतली बम, केही तारलगायतका सामग्री पनि बरामद भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।