लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन ।
पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासी डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धि ऐन, २०७५ को दफा १० को उपदफा१ अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ ।
सकारात्मक सोंच विस्तार अभियानका अभियन्ताको रुपमा स्थापित राउतले समाजशास्त्र बाट योजना तर्जुमामा पिएचडी गरेका छन। उनले ग्रामिण विकासमा स्नातकोत्तर गरेका छन् ।
अधिवक्ता समेत रहेका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन ।