मध्यपूर्व तनाव : कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – नेपालले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर कूटनीति र संवादमार्फत समस्याको समाधान गर्न आह्वान गरेको हो ।

मध्यपूर्वमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै नेपालले संयुक्त राष्ट्रसंघ चार्टर र अन्तर्राष्ट्रिय कानून अनुसार राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ ।

हिजो अमेरिका र इजराइलले इरानमा आक्रमण गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित रक्षामन्त्री, सेना प्रमुख लगायतको हत्या गरेपछि इरानले प्रत्याक्रमण शुरू गर्दा मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।