विपक्षी टोलीका खेलाडीलाई मुक्का हान्ने गोलकिपरलाई १३ खेलमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – हुएस्काका खेलाडीको अनुहारमा मुक्का हानेपछि स्पेनी फुटबल महासङ्घले रियल जारागोजाका गोलकिपर एस्टेबान एन्ड्राडालाई १३ खेलमा प्रतिबन्ध लगाएको छ ।

गएको आइतवार दोस्रो श्रेणीको फुटबल लिगको खेलमा रेड कार्ड पाएपछि रियल जारागोजाका गोलकिपर एन्ड्राडालाई रेफ्रीले मैदानबाट निकालेका थिए । त्यसपछि उनले हुएस्काका कप्तान जोर्ज पुलिडोलाई मुक्का हानेका थिए ।

मुक्का प्रहार गरेको घटनामा एन्ड्राडालाई १२ खेलमा प्रतिबन्ध र रातो कार्डका लागि स्वतः १ खेलमा प्रतिबन्ध लाग्ने भएको हो । यो खेलमा हुएस्काले जारागोजालाई १–० गोलले हराएको थियो ।

३५ वर्षीय गोलकिपर बाँकी सिजनका लागि टोलीबाट बाहिरिएका छन् जसका कारण रेलिगेशनबाट बच्ने टोलीको आशामा धक्का लागेको छ । यो घटनापछि एन्ड्राडा र रियल जारागोजा दुवैलाई थप आर्थिक जरिवाना लाग्ने स्पेनी फुटबल महासङ्घले उल्लेख गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।