सैनामैना,रुपन्देही ।
लायन्स क्लब अफ सैनामैना मलमलाको पदहस्तान्तरण, पदस्थापन तथा अवार्ड सेरोमोनी समारोह सम्पन्न भएको छ ।
समारोहबाट नवौं अध्यक्षका रूपमा जीवन घिमिरे चयन भएका छन्। घिमिरेले लायन्स वर्ष २०२५/२६ का लागि क्लबको अध्यक्ष पदमा औपचारिक रूपमा पद ग्रहण गरेका हुन्।
सोमबार सैनामैनाको बाबरी पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरि जीवन घिमिरेको नेतृत्वमा अन्य लायन्स क्लबका पदाधिकारीको समेत गठन
गरिएको हो ।
कार्यक्रममा लायन वर्ष २०२५/२६ का लागि प्रथम उपाध्यक्ष चन्द्रप्रकाश वन , द्वितीय उपाध्यक्ष अर्जुन ज्ञवाली , सचिब ज्ञान प्रसाद पाण्डे , कोषाध्यक्ष नविन पाण्डे , सह सचिब नरेश न्यौपाने र सह कोषाध्यक्ष बिमल पोख्रेल लगायत सदस्यहरु रहनुभएको छ भने मनोनीत गर्न बाँकी निर्देशकका पदहरुलाइ क्लबको प्रथम बैठकबाट पूर्णता दिनेछ ।
उर्जाशील र सक्रिय सामाजिक युवाको रूपमा परिचित घिमिरेलाई सर्वसम्मत निर्णयमार्फत अध्यक्ष बनाइएको क्लब स्रोतले जनाएको छ। उनले क्लबको पूर्व अध्यक्षहरूको मार्गदर्शनमा सेवा कार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष,विभिन्न लायन्सका पदाधिकारी , विभिन्न लायन्स क्षेत्रीय प्रतिनिधिहरू एवं सैनामैनाका विभिन्न संघसंस्थाका व्यक्तित्वहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष घिमिरेलाई सामाजिक अभियन्ता तथा लायन्स परिवारका सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।