गुणस्तरीय शिक्षामा सैनामैना अब्बल सावित : नगर प्रमुख शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली, सैनामैना ।

सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्माले सैनामैनाको शैक्षिक गुणस्तर अब्बल स्थापित भएको बताउनुभएको छ ।

मंगलबार रेडियो टाइम्स सँग हाम्रो सैनामैना कार्यक्रममा बोल्दै  नगरप्रमुख शर्माले पछिल्लो समय नगरभित्रका सामुदायिक एवं संस्थागत विद्यालयकोहरुको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभयो ।

वहाँले भन्नुभयो " सैनामैनाबाट SEE दिएकामध्ये यस वर्ष १० जनाले ४ जिपिए ल्याउन सफल भएका छन्, यो नगरका लागि ठूलो गौरवको विषय हो,आगामी दिनहरूमा नगरको शैक्षिक अवस्था अझ अब्बल सावित हुदैं जाने कुरामा हामी विश्वस्त छौं ।"

साथै नगर प्रमुख शर्माले विद्यालयको भौतिक संरचना सुधार, गुणस्तरीय शिक्षण सिकाइ प्रणालीको विकास तथा प्रविधिमैत्री वातावरण निर्माणमा नगरपालिकाले विशेष प्राथमिकता दिएको स्पष्ट पार्नुभयो।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशन गरेको एसईई परीक्षाको नतिजाअनुसार  सैनामैना नगरपालिका भित्र रहेका २३ वटा विद्यालयहरुबाट १५५० जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए, जसमध्ये १३२४ जना (८५.५ %) विद्यार्थीले सफलतापूर्वक नतिजा ल्याउन सकेका हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।