सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । यसैगरी, चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँ बढेको हो । केही दिनयता सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।