१५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ । यही ब्रिफिङ पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा गरेका छन् ।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा प्रचण्डले संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।
तथापि, कसरी दुवै संगठनालाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताएका हुन् छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।