मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असार १६, काठमाण्डौ – मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युड भूकम्प गएको हो ।

हिजो मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय स–सना म्याग्निच्युडका भूकम्प गइरहको छ ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।