दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाललाई भ्रष्टाचार मुद्दामा सफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतको दिल्ली राज्यका पूर्वमुख्यमन्त्री एवम् आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । दिल्लीको अदालतले आज केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित ३२ जनालाई सफाइ दिएको हो ।

मुख्यमन्त्री हुँदा रक्सी बिक्रीसम्बन्धी नीति ल्याएर करोडौँ घोटाला गरेको भन्दै उहाँलाई पदमा बहाल हुँदै भारतको कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको थियो । सन् २०२२ मा केजरीवाल सरकारले लागू गरेको यो नीतिले निजी क्षेत्रका थोक बिक्रेतालाई अनुचित लाभ दिएको आरोप लागेको थियो ।

विशेष न्यायाधीश जितेन्द्र सिंहले फैसला सुनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को अनुसन्धानमा गम्भीर त्रुटि रहेको टिप्पणी गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले आरोपपत्रमा समावेश सामग्रीहरूले कुनै पनि साक्षीको बयानलाई समर्थन नगरेको भन्दै आरोपपत्रमा भ्रामक दाबी गरेको उल्लेख छ ।

फैसलापछि पत्रकारसँग कुरा गर्दै केजरीवाललेसत्यको विजय भएको बताउनुभएको छ । उहाँले सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बीजेपी) ले आम आदमी पार्टीलाई समाप्त गर्ने प्रयासमा राजनीतिक षड्यन्त्र प्रयोग गरेको आरोप लगाउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।