विधायन समितिले निजामती विधेयकमाथिको दफावार छलफल सक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ १५,काठमाण्डाै – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामति सेवा विधेयकमाथिको दफावार छलफल सकेको छ । सिंहदरबारमा आज बसेकाे समितिको बैठकले प्रतिनिधिसभाबाट पास भएको प्रतिवेदनसहित विधेयकमाथिको दफावार छलफल सकेको हो ।

दफावार छलफल सकिए पनि विधेयकमा रहेका कतिपय विवादित विषय टुङ्गो लागिसकेको छैन । नायब सुब्बा पदपूर्ति खुला गर्ने र प्रतिशत तोक्ने, ६० वर्षे अवकाश उमेर कार्यान्वयन मोडल कस्तो हुने, करार कर्मचारी र राजनीतिक गतिविधि लगायत विषय टुङ्ग्याउन बाँकी छन् ।

दफावार छलफलमा बोल्दै सांसदहरूले कर्मचारीको ट्रेड युनियनलाई नियमन गर्न सकिने गरी पालिकाका युनियनहरूलाई प्रदेश र प्रदेशका युनियनहरूलाई केन्द्रीय युनियनसँग जोड्नुपर्ने धारणा राखेका छन् ।

समितिले विधेयकमा सहमति हुन बाँकी विषयहरूमा छलफलमा उठेका विषयका आधारमा सामान्य प्रशासन र कानून मन्त्रालयलाई धारणा ल्याउन निर्देशन दिएको छ । टुङ्ग्याउन बाँकी विषयबारे छलफल गर्न आजै अर्को बैठक बसिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।