लुम्बिनी प्रदेश सरकारद्वारा एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धी पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका छन् । 

नेपाल सरकारसँग समन्वय गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट हवाई उडान सेवा सुचारु हुन लागेकोदेखि राष्ट्रिय वनक्षेत्रबाट १,२३,१९१ घनफिट काठ तथा २४४चट्टा दाउरा उत्पादन भएकोसम्मलाई १०० दिनको उपलब्धीको सूचीमा राखिएको छ । 

प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजश्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्ने, अघिल्लो बर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाई छ । 

गत साउन ९ गत पद तथा गोपनियताको शपथ लिएका थिए ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सचिव महादेव पन्थले स्वागत, उपलब्धिको सार्वजनिक सचिव कृष्ण पौडेलले गरेका थिए भने सहजिकरण सचिव इश्वरराज पौडेलले गरेका थिए। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।