सैनामैनामा प्रमुख प्रशासकीय अधिकृतको फेरबदल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली / रेडियो टाइम्स, सैनामैना :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको ठूलो स्तरको सरुवामा देशभरका १२२ उपसचिवमध्ये १२१ जनालाई विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।

यसै क्रममा सैनामैना नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीलाई पर्वतको फलेवास नगरपालिकामा सरुवा गरिएको छ। उहाँको स्थानमा तुल्सीराम मरासिनीलाई सैनामैना नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।

यो सरुवासँगै सैनामैना नगरपालिकामा प्रशासनिक नेतृत्वमा नयाँ ऊर्जा र कार्यशैली आउने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।