अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा चीनको बढ्दो प्रभाव : कसरी ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चीन विश्व शिक्षा बजारमा नयाँ प्रमुख विकास केन्द्रको रूपमा उदाउँदै गएको एक प्रतिवेदनले जनाएको छ । बेइजिङमा सार्वजनिक ‘मानवजातिको साझा भविष्य निर्माणमा योगदान गर्ने चीनमा अध्ययन’ शीर्षकको यो प्रतिवेदन चीनको सरकारी समाचार संस्था सिन्ह्वासम्बद्ध थिङ्क ट्याङ्क सिन्ह्वा इन्स्टिच्युटले तयार पारेको हो ।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा लामो समयदेखि प्रभुत्व जमाउँदै आएका परम्परागत शक्तिहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको उल्लेख छ । यसको सट्टा दक्षिण कोरिया र जापानजस्ता देशहरू अध्ययन गन्तव्यका रूपमा आकर्षक बन्दै गएका छन् ।

चीनले पछिल्ला वर्षहरूमा ‘शिक्षामा बलियो देश निर्माण’ भन्ने राष्ट्रिय रणनीति अघि सारेको छ । यस रणनीतिअन्तर्गत शैक्षिक प्रणालीको निरन्तर सुधार, क्षमता विस्तार र आधुनिकीकरणको प्रक्रिया तीव्र पारिएको छ । शिक्षा, अर्थतन्त्र र सामाजिक विकासलाई समन्वय गर्दै अघि बढाउने नीतिका कारण चीनले विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्ने बलियो आधार तयार पारेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अनुसार चीनले विश्वका १ सय ८३ देश तथा क्षेत्रसँग शैक्षिक सहकार्य स्थापना गरिसकेको छ । त्यस्तै, ६१ देशसँग शैक्षिक डिग्री आपसी मान्यताको सम्झौता भएको छ भने ४५ संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।