काठमाण्डौ – वर्तमान सरकार चुनावको वातावरण बनाउन सक्रिय बनेको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल शुरू गरेको छ ।
आज विहान सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा छलफल गर्नुभएको छ ।
मन्त्री खरेलको सचिवालयका अनुसार उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।