एमालेले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेकपा (एमाले) ले ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने भएको छ ।

बागमती इन्चार्ज राजन भट्टराईका अनुसार महाधिवेशनकाे उद्घाटन समारोह यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाण्डौको भृकुटीमण्डपमा हुनेछ । एमालेले ११औं महाधिवेशन यही मङ्सिर २७, २८, २९ गतेका लागि तोकेको छ ।

यसअघि खुलामञ्च वा भृकुटीमण्डपमै उद्घाटन समारोह गर्ने तयारी भएकोमा काठमाणडाैमा गाडीको चाप, मानिसहरूको आवतजावत लगायतलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गरेको भट्टराईले बताउनुभयो ।

आज बसेको महाधिवेशन सचिवालयको बैठकले महाधिवेशन उद्घाटन स्थल परिवर्तन गरेको हो ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।