प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

तत्कालीन प्रतिनिधिसभा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्नुभएको हो ।

रिटमा प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक ढङ्गले प्रधानमन्त्री भएको र उहाँको नियुक्ति बदर गरी संसद् मार्फत नै सरकार निर्माण प्रक्रियालाई अघि बढाउन माग गरिएको महेश बर्तौलाले जानकारी दिनुभयो ।

एमालेले आजै प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पनि दिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।