१० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल भित्रिए, सबैभन्दा धेरै चीनबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल फोन आयात भएका छन् ।

भन्सार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म २४ अर्ब रुपैयाँ बराबरका १५ लाख २८ हजार थान मोबाइल फोनको आयात भएका छन् । यो पोहोरको १० महिनाको तुलनामा चार अर्ब रुपैयाँभन्दा धेरै हो । गएको वर्षको साउनदेखि वैशाखसम्म २० अर्ब ४१ करोड रुपैयाँ मूल्यका १३ लाख थान मोबाइल आयात भएका थिए ।

सबैभन्दा धेरै चीनबाट १५ अर्ब ८० करोड रुपैयाँ मूल्यका १० लाख ९५ हजार थान मोबाइल आयात भएका छन् । यस्तै भारतबाट १० महिनामा सात अर्ब ८१ करोड रुपैयाँका मोबाइल फोन आयात भएका भन्सार विभागले जनाएको छ ।

अहिले गाउँ–गाउँमा पनि स्मार्टफोनको प्रयोग बढ्न थालेसँगै आयात पनि बढिरहेको हो । यस्तै सरकारले विदेशबाट फर्कनेहरूले ल्याउने एउटाभन्दा धेरै मोबाइल फोनमा पनि भन्सार लगाउने निर्णय कार्यान्वयन गर्दा पनि मोबाइल फोनको आयात धेरै देखिएको व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।