रुसी सेनामा रहेकालाई फिर्ता गराउन उच्च कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको आजकाे बैठकमा मन्त्री राणाले रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनुभएको हो । मन्त्री राणाका अनुसार रुस–युक्रेन युद्ध भएदेखि अहिलेसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको सङ्ख्या ३४ जना पुगेको छ । साथै २२ जनाको डीएनए फरीक्षणका लागि दिइएको छ । ६ जना युक्रेनमा युद्धबन्दी रहेका छन् । ५ जना घाइते भएर उपचार भइरेहेको छ ।

यस्तै एक सय ५० जना रुसी सेनाबाट नेपाल फर्किसकेका छन् । उद्धारका लागि ३ सय २३ जनाको आवेदन परेको छ । सम्पर्कमै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या एक सय १६ जना रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको सङ्ख्या एक सय ६१ रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।