राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासहित निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । कोशीमा भीमराज प्रसाईं, मधेशमा शुभनाथ पुरी, बाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापा नियुक्त हुनुभएको छ ।

आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि माघ ११ गते मतदान हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार यही पुस १९ गते नामावली प्रकाशन तथा दाबी विरोध र उजुरीमाथि छानबिन गरी पुस २२ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारको मनोनयन पुस २३ गतेका लागि तोकिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।