नेपाली कांग्रेसले सरकार र सहकारीका ठगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेसको संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकले आगामी १३ गते दिउँसो २ बजे सरकारको अलोकतान्त्रिक र असंवैधानिक रबैया र सहकारी ठगीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सहकारी ठगीविरुद्ध निरन्तर समाचार संकलन गरेकै कारण प्रतिशोध साध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको कांग्रेसको आजको बैठकले ठहर गरेको छ ।