रुपन्देही ।
"हाम्रो देश हामीले बनाऔं, बोलेर होइन, गरेर देखाऔं" भन्ने मूल नाराका साथ SAVE FUTURE NEPAL ले सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ। तिलोत्तमा नगरपालिका–०७ भलबारीमा रहेको सिर्जनशील संस्था नेपाल (CIN) द्वारा सञ्चालित ‘SAVE HOUSE’ का लागि आवश्यक केही सामग्रीहरू हस्तान्तरण गरिएको हो।
कार्यक्रममा समाजसेवी तथा युवाहरूका मार्गदर्शक श्री प्रज्वल बोहरा प्रमुख अतिथि रहनु भएको थियो। विशेष अतिथिका रूपमा भलबारी जेसीजका अध्यक्ष मिन तिवारी तथा विभिन्न सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
समाजसेवी प्रज्वल बोहराले उक्त संस्थालाई सहयोगस्वरूप प्रत्येक महिना रु ५,०००/- सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ, जसले भविष्यमा सामाजिक सेवामा थप योगदान पुग्ने विश्वास लिइएको छ।
SAVE FUTURE NEPAL का अध्यक्ष अभिषेक चौधरीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै, मानव सेवामा सधैं अगाडि बढ्ने आफ्नो संस्था SFN को टोलीप्रति आभार प्रकट गर्नुभयो।
सामाजिक सद्भाव, सहकार्य र सकारात्मक परिवर्तनको यात्रामा यो कदम प्रेरणादायी बन्ने विश्वास लिइएको छ।