ओमान, स्कटल्यान्ड र अमेरिकासँगको क्रिकेट शृङ्खलाका लागि नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – ओमान, स्कटल्यान्ड र अमेरिकासँगको क्रिकेट शृङ्खलाका लागि नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा भएको छ । पर्सि देखि शुरू हुने ५० ओभरको प्रतियोगिताका नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

नेपाली ‘ए’ टोलीले मूलपानी क्रिकेट मैदानमा ओमान, स्कटल्यान्ड र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो । प्रतियोगिता यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल ‘ए’ टोलीको मुख्य प्रशिक्षकमा राजु बस्न्यात र सहायक प्रशिक्षकमा प्रकाश शर्मा रहेका छन् ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।