भारतबाट काठमाण्डौ आएको जहाजमा बमको हल्लापछि जाँच हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई सूचना प्राप्त भएपछि सेनाले जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिने क्रम बढेको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।