देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – आज देशभर तापक्रम बढेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार दिउँसो ३ बजे कैलालीमा ४० डिग्री सेल्सियस र बाँकेमा ३९ डीग्री सेल्सियस तापक्रम पुगेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेका ८ भन्दा बढी मापन केन्द्रमा ३५ डिग्रि सेल्सियस भन्दा बढी तापक्रम मापन भएको छ ।

काठमाण्डौ उपत्यकामा पनि २९ डीग्री सेल्सियससम्म तापक्रम मापन भएको छ । गर्मी बढेसँगै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म  घर  बाहिर ननिस्कनु राम्रो हुन्छ ।

यस्तै प्रशस्त मात्रामा पानी  पिउन, हल्का, पातलो तथा उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न, बालबालिका, सुत्केरी, वृद्ध तथा बिरामीहरूको विशेष ख्याल राख्न र लामो लामो समयसम्म घाममा काम गर्नुपरेमा बीच–बीचमा आराम गर्न महाशाखाको आग्रह छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।