एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जनाको ज्यान गयो, २ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको ज्यान गएको छ । २ जना घाइते भएका छन् । 

राजापुर जाँदै गरेको एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उहाँका ८ वर्षीय नाति रिहान्स खरेलको ज्यान गएको बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । 

एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती सीता र अर्का स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते हुनुभएको छ । उहाँहरूको नेपालगञ्जमा उपचार भइरहेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।