इरानमा पाकिस्तानी इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गयोचढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ । मध्य इरानी प्रान्त याजदमा गएराति बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै दुर्घटनामा २३ जना यात्रु घाइते भएका र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इराकको पवित्र शहर कर्बलामा शिया क्यालेन्डरको सबैभन्दा ठूलो अनुष्ठानमा सहभागी हुन जाँदै थिए ।

इरान खराब ट्राफिक प्रणाली भएको देशका रूपमा परिचित छ र यहाँ हरेक वर्ष २० हजार जना मानिसले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।