निश्चल ज्ञवाली । सैनामैना
आज मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण रुपन्देहीको सैनामैना नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ।
बिहानैदेखी परेको भीषण वर्षाले सैनामैनाको मुख्य बजार क्षेत्र कलौनी मुर्गिया, रानिबगिया लगायतका विभिन्न स्थान डुबानमा परेका हुन्। डुबानले मुख्यगरी अण्डरग्राउन्ड गोदाम गरिएका व्यवसायीलाई क्षति पुगेको छ। त्यस्तै बाटो नजिक भएका घरजग्गा समेत क्षति पुगेको हो ।
त्यस्तै आजको भिषण वर्षाकै कारण सैनामैनाका सबै विद्यालयहरुमा बिदा गरिएको थियो, नगरपालिकाले एक सूचना जारी गर्दै अत्यधिक वर्षा भएकोले सडक क्षेत्रको आगमनमा समस्या आएको भन्दै सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
आज परेको भिषण वर्षाले गर्दा केही समय सवारीसाधन चलाउन समेत गाह्राे परेको थियो भने मोटरसाइकल, अटो, साइकल जस्ता सवारीहरुलाई केही समय ठप्प नै गर्नुपरेको थियो ।
यसैबिच आज अाएको भिषण वर्षासँगै रुन्देहीको सैनामैनामा अहिलेसम्मकै ठूलो वर्षाको मापन गरिएको छ । यस वर्षको मनसुन भित्रएसँगै रुपन्देहीको सैनामैना पनि बाढीको जोखिममा रहेको छ । घमाहा खोला, इङ्गुिरिया लगायतका सैनामैना मुख्य खोलाहरु समेत पानीको बहाव बढेको छ ।
नेपालमा यो वर्ष मनसुन अत्याधिक सक्रिय रहेकोले अझै केही समय भिषण वर्षा हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।