सैनामैनामा अवैध रुपमा कटान गरी लुकाइएको काठ बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देहीको सैनामैना नगरपालिका–६, भरतपुरटोलबाट अवैध रुपमा लुकाइ राखेको काठ प्रहरीले बरामद गरेको छ । साल जातका चिरान भयका ६६ थान काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुक्रबार बिहान भरतपुरस्थित मोहन श्रेष्ठले सन्चालन गर्दै आयको सन्देश फर्निचर उद्देगमा अवैध रुपमा लुकाइ छिपाइ राखिएको ६६ थानको करिब ४१ क्यूफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय सालझन्डीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझन्डी र कलौनी प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले चिरान काठ फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद काठ आवश्यक कारबाहीका लागि श्री इङुरिया सामुदायिक बन उपभोक्ता समुह कार्यालय सैनामैनामा बुझाइएको प्रहरीले जनाएको छ । यस अघि पनि प्रहरिको सक्रियतामा तेस क्षेत्रबाट पटक पटक अबैध काठ बरामद गरियको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।