भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, दुई बालबालिकासहित पाँच जनाकाे ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 जेठ १, भारतको लखनउमा गुडिरहेको बसमा आगलागी भएको छ । आज बिहान भएको दुर्घटनामा दुई जना बालबालिकासहित पाँच जनाको जलेर ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

८० जना यात्रु लिएर बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी भएको हो । बिहानैको समयमा बसमा रहेका धेरै जना सुतिरहेको अवस्थामा बस किसान पथ पुग्दा आगलागी भएको थियो ।

बसमा धूवाँ भरिन थालेपछि यात्रुहरूको भागदौड मच्चिएको थियो । बाहिर निस्कन नसकेर बसभित्रै फसेका यात्रुको ज्यान गएको हो । दमकलले झन्डै ३० मिनेट लगाएर आगो निभाएको खबरमा उल्लेख छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आपत्कालीन गेट नखुलेको देखिएको छ । बसमा पाँच–पाँच किलोका सात वटा ग्यास सिलिन्डर भए पनि कुनै पनि सिलिन्डर विस्फोट भएका थिएनन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।