जेलमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन रिहा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन्।

मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसँग थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३० कैदीहरू मध्ये एक जना भएको बताएका छन्।

७४ वर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मुक्तिका लागि सुचीबद्ध भएका उनको भनाइ छ।

करिब छ महिना जेल सजाय भोगिसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ। उनी १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्किएका थिए।

उनलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि, अस्वस्थताका कारण उनलाई छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारेदेखि अस्पतालमा नै रहेका छन्।

गत सेप्टेम्बरमा, थाई राजाले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो।

थाक्सिनले सन् २००१  देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८ मा स्व–निर्वासनमा रहेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।