रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका एक जनाको ज्यान गयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ १,दाङ – रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर २ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

यस्तै च्याउ खाँदा बिरामी पर्नुभएका निर्मलाका श्रीमान् ८१ वर्षीय भागीराम वलीको उपचार भइरहेको छ । वली दम्पतीले साउन २७ गते बेलुका स्थानीय जङ्गलबाट खोजेर ल्याएको च्याउको तरकारी खाएका थिए ।

च्याउ खाएपछि बिरामी परेका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । निर्मलाको उपचारका क्रममा आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।