निश्चल ज्ञवाली । रुपन्देही
बुटवल उपमहानगरपालिकाको नहरपुर स्थित नहरपुर माध्यमिक विद्यालयमा भोलि अर्थात् साउन २८ गते सोमबार मानसिक स्वास्थ तथा लागू अौषध दुव्र्यसन नियन्त्रण सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने कार्यक्रम हुने भएको छ ।
लियो क्लब अफ भलबारीको अायोजना र रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइबृड नेपालको सहकार्यमा हुने कार्यक्रम विद्यालयमा अध्यन गर्ने कक्षा ११/१२ का विद्यार्थीहरुलाई लक्षित गरि गरिने भएको हो ।
वर्तमान समयमा बढ्दै गइरहेको नकारात्मकता र मानसिक स्वास्थलाई लक्षित गरि उक्त कार्यक्रम अायोजना गरिएको लियो क्लब अफ भलबारीका अध्यक्ष सामना के.सी ले बताउनुभयो ।
वहाँले भन्नुभयो "वर्तमान समयमा युवा पुस्ता तथा विद्यार्थीहरु मानसिक तनावबाट ग्रसित छन् जसले गर्दा उनीहरु अाफूलाई लागू अौषधको सिकार बनाउन पुग्छन्, त्यसैले यो कार्यक्रमले विद्यार्थीमा ज्ञानको मात्रा वृद्धि भई मानसिकतामा समेत अामूल परिवर्तन ल्याउने छ ।"
कार्यक्रममा उपस्थित भई विद्यार्थीका मानसिक समस्या पहिचान गर्नुका साथै दुव्र्यसनका सिकार बनिसकेका विद्यार्थीहरुलाई कसरी त्यसबाट मुक्त गराउने भन्ने विषयमा एम.बी.बी एस डाक्टर बिक्रम काफ्लेले प्रशिक्षण गर्नुहुने लियो क्लब अफ भलबारीका सदस्य अमित कुमार गौडले बताउनुभयो ।
लियो अप्सरा कुवँरको संयोजकत्वमा सम्पन्न हुने उक्त कार्यक्रम भोलि बिहान ठिक ६:३० बजे देखि नहरपुर माध्यमिक विद्यालयमा सुरु हुने छ ।