निश्चल ज्ञवाली । सैनामैना
रुपन्देहीको सैनामैनामा भदौ १० गते तिज विशेष सांस्कृतिक कार्यक्रम तथा तिज गीत कार्यक्रम प्रतियोगिता हुने भएको छ ।
नेपाली नारीहरुको महान चाड तिजलाई लक्षित गरि कार्यक्रम अायोजना गरिएको कालिका युवा क्लबले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रतुति दिनेछन्।
कार्यक्रममा गायक तथा कलाकारहरु दिप मगर,सम्झना रणपाल, भीष्म अर्याल, सैनामैनाका चर्चित य्रापर विनोद पाण्डे (मिस्टर पाण्डे), सैनामैनाकै गायक तथा कलाकार सुमित सापकोटा त्यसैगरी डान्सर सन्ध्या सुनारको प्रतुति रहने जनाइएको छ ।
नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले नेपाली नारीहरुको महान चाडपर्वको अवसरमा कार्यक्रम अायोजना गरिएको हो ।
पत्रकार, समाजसेवी तथा गायक विजय सुनारले सञ्चालन गर्ने उक्त कार्यक्रमको संयोजक दिनेश चापागाईंले गर्नुहुनेभएको छ ।
कार्यक्रम सैनामैना नगरपालिका वडा नं ९ स्थित गणेश मन्दिर प्राणङ्गणमा बिहान १० बजेदेखि सुरु हुनेछ साथै सम्पूर्णमा नगरबासीलाई चुले निम्ता समेत गरिएको अायोजक कालिका युवा क्लबले जनाएको छ ।
कालिका युवा क्लबले स्थापना कालदेखि विभिन्न पर्वको अवसर पारेर कार्यक्रम गर्दै अाएको छ ।