सैनामैनामा सफल करिअर काउन्सिलिङ कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली , सैनामैना रुपन्देही ।रुपन्देहीको सैनामैनामा सैनामैनाका प्लस टु उतिर्ण  विद्यार्थीहरुलाई लक्षित गरि  करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्व विद्यालय सिटि क्याम्पस बुटवलको अायोजनामा सम्पन्न उक्त कार्यक्रम प्लस टु पछि पढ्ने  विषयमा  अाधारित रहि विद्यार्थीलाई कानूनी काउन्सिलिङ  समेत  गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्र प्रसाद शर्माले लुम्बिनी बौद्ध विश्वविद्यालय सैनामैनामा अाइ कार्यक्रम गरेकोमा कृतज्ञता व्यक्त गर्दै कानून हरेक व्यक्तिले जान्नुपर्ने विषय भएको उल्लेख गर्नुभयो । वहाँले भन्नुभयो " हामी राजनीति गर्ने व्यक्तिले पनि कानून बुझेको हुनुपर्छ, कानूनको अभावमा हामीले सहि र गलत छुट्टाउन सकिँदैन, त्यसैले कानूनको क्षेत्रमा भविष्य उज्ज्वल छ " । साथै  वहाँले अबदेखि सिटि क्याम्पसले गर्ने यस्ता कार्यक्रममा उपस्थिति जनाउनुका साथै अागामी दिनमा क्याम्पससँग सहकार्य गर्न पनि तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि  सैनामैना नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपालप्रसाद पोख्रेलले कानून र समाज एक अर्काका परिपूरक रहेको उल्लेख गर्दै यसको पालना सबैले गर्नु अावश्यक रहेको उल्लेख गर्नुभयो  ।
कानून पढेको विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास धेरै हुने भएकोले उनीहरुले भविष्यमा के गरौं के नगरौं भनेर विषयमा भौतारिन नपर्ने क्याम्पसका प्रशिक्षक एवं अधिवक्ता बद्री प्रसाद गौतमले बताउनुभयो ।

कानून पढेर भविष्यमा अार्थक मात्र नभइ सामाजिक,राजनीति एवं वैचारिक रुपमा शक्तिशाली बन्न सकिने उक्त क्याम्पसका प्रशिक्षक एवं अधिवक्ता लालबहादुर बस्नेत  उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक एवं  अधिवक्ता मेधनाथ खनालले विद्यार्थीहरुको यो उमेर भनेको मिहिनेत गरेर अाफ्नो लक्ष्यमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्नुभयो । वहाँले भन्नुभयो " विद्यार्थीले कहिल्यै हिजो के थियो भन्दा पनि अाज के छ भन्ने कुरालाई मनन गर्दै अाफ्नो रुचीअनुसार अघिबढ्नुर्छ, विश्वमा सबैभन्दा प्रख्यात एवं सम्मानित पेशा कानून व्यवसायीको हो । विश्वमा धेरै देशको नेतृत्व लिने राजनीतिज्ञहरुको रोजाइ पनि कानून नै छ साथै  त्यसैले मेरो अनुभवले भन्छु कानून पढ्नुस् यसमा अरुमा भन्दा धेरै क्षेत्र छ ।"

त्यस्तै कार्यक्रमका अर्का प्रशिक्षक  एवं  क्याम्पसका BTTM विषयका कोडिनेटर अरुण सिंहले  सिटि क्याम्पसमा BTTM विषय पनि पढाउने हुने भएकोले यो विषय हाम्रो भूगोल सुहाउँदो भएको उल्लेख गर्दै  पर्यटनसँगै जोडिदै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष एवं क्याम्पसका प्रमुख फडिन्द्र कुमार न्यौपानेले अाज अायोजना गरिएको कार्यक्रमले विद्यार्थीमा धेरै कुरा सिक्न मिलेको उल्लेख गर्दै यस्ता कार्यक्रम सदैव गर्दै जाने उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा  लुम्बिनी बौद्ध विश्वविद्यालय सिटि क्याम्पस बुटवलमा कानून संकायमा अध्ययनरत विद्यार्थी नविन पौडेलले स्वागत मन्तव्य राख्नुभयो ।  कानूनका विद्यार्थी शंकर भुसालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी विजय सुनारले कार्यक्रम संयोजकको को भूमिका निभाउनुभएको थियो ।

सांस्कृतिक कार्यक्रम एवं विद्यार्थीका प्रतिभाको प्रस्फुटन समेत गरिएको उक्त कार्यक्रममा पत्रकार, समाजसेवी एवं राजनीतिक व्यक्तित्व र विद्यार्थी गरि १५० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम सैनामैना नगरपालिका वडा नं ६ स्थित dadys kitchen मा सम्पन्न भएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।