मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, गृहमन्त्री सुधन गुरुङ तेस्रोबाट पाचौँ नम्बरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो ।

यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाचौँ नम्बरमा पुग्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् हुनुहुन्छ भने तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल आउनुभएको छ ।

चौथौ वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएकाे छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।