तिलाेत्तमा नगरपालिका-१४ मा पार्क निर्माण सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनु गुरुङ, रुपन्देही, मंसिर २३ । रूपन्देहीको तिलाेत्तमा नगरपालिका-१४ मा पार्क निर्माण सुरू गरिएकाे छ । तिलाेत्तमा नगरपालिकाका प्रत्येक वाडमा एक पार्क बनाइने उदेश्यअनुरूप वाड नम्बर १४ मा पार्क निर्माण कार्य अघि बढाइएको हाे । 

शनिबार एक कार्यक्रमकाे अायाेजना गरी नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा अब छिट्टै डिपिअार बनाएर पार्क निर्माण अघि बढाइने क्लबले जनाएकाे छ । 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री तथा प्रवक्ता सन्ताेष कुमार पाण्डेले पार्क निर्माणका लागि सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अब यसलाई पर्यटकीय दृष्टिकोणले अगाडि बढाउनु पर्ने उल्लेख गरे।

पार्कहरूका कारण हरेक मानिस स्वस्थ रहन मद्दत पुग्ने र मनमा शान्ति छाउने र यस्ततै गरी सधैं हजुरहरुको साथमा रहेर काम गर्ने प्रतिबद्धता गरेका छन त्यस्तै तिलाेत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयाेजक रवि सेन्चुरीले अहिले पार्ककाे सुरूवात भएकाे र यसलाई अागामी दिनमा तिलाेत्तमा १४ काे गहना बनाउनु पर्ने बताएका छन् । 

क्लबका सल्लाहकारसमेत रहेका संयाेजक सेञ्चुरीले पार्कका लागि पालिकाबाट बजेट छुट्टयाइएको तर त्याे अपुग भएकाेले त्यसका लागि प्रदेश सरकारबाट सहयाेगकाे अपेक्षा गरेकाे बताए र पिकनिक स्थल घुम्न आउने स्थल बनाएर वरिपरि रमणिय दृश्य बनाने र उनले पार्क बनेमा राेजगारीकाे अवसर सृजना गराउने अपेक्षा गरे । 

वाड अध्यक्ष अाश्विव पाैडेलले नगरले प्रत्येक वाडमा रू १ लाखका दरले नगरपालिकाबाट बजेट विनियोजन गरिसकेकाे बताए । तर रकम अपुग भएकाले प्रदेश सरकारले पनि यसमा सहयाेग गर्नु पर्ने अाशा व्यक्त गरेका छन् । 

पूर्व वाड अध्यक्ष साेहन प्रसाद थारूले याेजनावद्ध तरिकाले डिपिअार बनाएर काम अगाडि बढाउनु पर्ने बताउँदै उनले युवाकाे जाेस जाँगरलाई खेर जान नदिन अाग्रह गर्दै भैलो खेलेर रकम जुटाको क्लबका भाइबहिनी लगायत सबैलाई शुभकामना बधाई दिए हाल पार्क निर्माणस्थलमा झाडी सरसफाइकाे काम भैसकेको छ । 

करिब १ बिगाहा जग्गामा पार्ककाे अन्य कामका लागि अब छिट्टै डिपिअार बनाएर अघि बढाइने क्लवका अध्यक्ष विजय गुरूङले बताए । क्लवका सचिव शान्ति पुनकाे स्वागत रहेका कार्यक्रमकाे सञ्चालन बुद्धि थापा मगरले गरेकाे थिए । 

देउसी भैलाे खेलेर संकलन भएकाे रू तीन लाख रकमबाट पार्ककाे निर्माण कार्य अगाडि बढाइएको क्लवका दिपक श्रीस मगरले बताए । कार्यक्रम मा मा वडा नं १४का वडासजांल अध्यक्ष देब बगाले मगर ,पुर्व क्लब अध्यक्ष तोरन गुरुङ लगायतकाो सहभागीता थियो

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।